तपाईँ सुन्दै हुनुहुन्छः

मालपोत कार्यालय जुम्लामा झन्डै १ करोड ९२ लाख राजश्व उठ्यो

जुम्ला । मालपोत कार्यालय जुम्लाले गएको आर्थिक वर्षमा कुल १ करोड ९१ लख ९६ हजार २ सय ३५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । 


लकडाउनले महिनौँ दिन बन्द रहँदा पनि कोरोना सामान्य भएपछि बढेको जग्गा कारोबारले राजश्व सङ्कलन वृद्धि भएको मालपोत कार्यालय जुम्लाका कार्यालय प्रमुख नरेन्द्र रोकायाले बताउनुभयो ।


मालपोत कार्यालय जुम्लाले राजश्व सङ्कलन गर्ने चार वटा शीर्षकबाट उक्त परिमाणमा राजश्व सङ्कलन भएको कार्यालय प्रमुख रोकायाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button