तपाईँ सुन्दै हुनुहुन्छः

बाराका सडकमा सवारी दुर्घटनाको उच्च जोखिम

बारा । बाराका सडकहरूमा सवारी दुर्घटनाको जोखिम बढेको छ । 


देशकै लाइफ लाइनका रुपमा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गमा खाल्डाखुल्डी भएर सवारी दुर्घटनाको उच्च जोखिम देखिएको हो । 


बारा जिल्लामा दिनहुँ कहीँ न कतै सडकको अवस्थाको कारण दुर्घटना भई नै रहेको पाइन्छ । तर पनि डिभिजन कार्यालय र सम्बन्धित सरोकारवाला निकायको ध्यान पुगेको देखिँदैन । पुलको रड समेत भाँचिने गरी खाडल बने पनि मर्मत समयमै नहुँदा पुलमा सयौँ सवारी जाममा पर्दै आएका छन् । 


जसका कारण वाग्मती, लाल बकैया, पसाहा चाँदी खोलाको पुल जर्जर बनेको छ । पुल कट्न सवारी साधनले निकै सास्ती खेप्नु परिरहेको ट्रक चालक राजकुमार लामाले दुखेसो गर्नुभयो ।


सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियर यादव सुवेदीले राजमार्गले भार थेग्न नसक्दा सडकको कालोपत्रे उप्किएर खाडल हुने गरेको बताउनुभयो । उहाँले सडक मर्मत गर्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button