तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका प्रयोगशालामा १९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज । बाँकेका तीन वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १५ जनासहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल परीक्षणमा १० जना, मेडिकल कलेज कोहलपुरमा ८ जना र बागेश्वरी ल्याबमा १ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो । कोरोनाबाट बाहिरी जिल्लाका थप दुई जनाको मृत्यु भएको छ ।

आज ३ जना डिष्चार्ज भएका छन् । हालसम्म बाँकेमा १७ हजार ६ सय ६४ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार २ सय ५३ जना निको भई डिष्चार्ज भएका छन् ।  संक्रमित मध्ये ३ सय २२ जनाको मृत्यु भएको छ ।

जिल्लामा ९८ जना सक्रिय संक्रमित रहँदा ३९ जना अस्पताल र आइसोलेसनमा छन् भने ८३ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button