तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ उपत्यकामा सभा सम्मेलन नगर्न प्रशासनको अपिल

काठमाडौँ।पछिल्ला केही दिनयता कोभिड–१९ को सङ्क्रमण दर बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले भिडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।

प्रशासनले आज सूचना जारी गर्दै कोरोना सङ्क्रमणको उच्च जोखिम रहेका अवस्थामा पनि सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, ¥यालीजस्ता गतिविधि भइरहेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको हो ।

भिडभाडजन्य गतिविधिले सङ्क्रमण दर अझै बढ्ने र तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत गतिविधि नगर्न प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीद्वारा जारी सूचनामा भनिएको छ ।

सो सूचनामा भनिएको छ, “जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लङ्घन गरी भिडभाडजन्य गतिविधि गरे÷गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेछ ।” पछिल्लो समय सङ्क्रमण दर बढ्दै गएपछि अस्पतालहरूमा आइसियु, भेन्टिलेटरजस्ता आकस्मिक सेवामा शय्या भरिन थालेको भन्दै त्यसलाई बढ्न नदिन सबै पक्ष र समुदाय उत्तिकै जिम्मेवार हुनुपर्ने पनि सूचनामा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button