तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा मास्क नलगाई हिँड्ने ५ सय ८१ जनालाई कारबाही

पोखरा । कास्कीमा मास्क नलगाई सडकमा हिँड्ने ५ सय ८१ जनालाई प्रहरीले कारबाही गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीले सङ्क्रामक रोग ऐन, २०२० तथा कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम ५ सय ८१ जनालाई कारबाही गरी ६१ हजार २ सय रुपैया जरिवाना गरिएको जानकारी कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनु भयो । सोमवार ४१ जनालाई सम्झाई बुझाई गरी छाडिएको छ ।

यसै गरी २ सय ४५ जनालाई माक्स वितरण गरिएको र ३६१ प्रति ट्राफिक नियम सम्बन्धी पर्चा वितरण गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
कोरोनाको संक्रमण जोखिम बढ्दै गइरहेको वर्तमान परिप्रेक्ष्यमा न्यूनतम २ मिटरको सामाजिक दूरी कायम गर्ने, अनिवार्य रूपमा मास्क र सेनिटाईजर प्रयोग गर्ने भनी प्रहरी कार्यालय कास्की र मातहत प्रहरी इकाई समेतबाट माइकिङ गर्दै जनचेतना जगाउने काम गर्दै आएको छ ।

प्रहरीले कार्यालय कास्कीले नागरिकहरुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, न्यूनतम सामाजिक दुरी कायम गर्ने र अनावश्यक जमघट नगर्न समेत अनुरोध गरेको हमालले बताउनु भयो ।

अनुरोधलाई नमानेमा सङ्क्रामक रोग ऐन,२०२० तथा कोभिड९१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button