तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीद्वारा २१ किलो गाँजा बरामद

बीरगंज । बीरगंज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित बाइपास सडक खण्डमा रोकी राखेको ट्रकबाट सशस्त्र प्रहरी १३ नम्बर गण बीरगंज पर्साले २१ किलो ग्राम अवैध लागु औषध गाँजा बरामद गरेको छ ।

 
सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक राजेश्वरप्रसाद साहको कमान्डमा खटिएको टोलीले बिहान साँढे ७ बजे बाइपास सडक खण्डमा रोकिराखेको ना ३ ख ४२९७ नम्बरको ट्रक चेकजाँच गर्दा गाँजा बरामद भएको थियो । 


मकवानपुरको मनहरिबाट वीरगञ्ज आउँदै गरेको ट्रकमा लागू औषध गाँजा ल्याउँदै गरेको सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले गाँजा बरामद गरेको सशस्त्र प्रहरी १३ नम्बर गणका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।
चेकजाँचको क्रममा ट्रकको क्याबिनमा चार वटा प्लास्टिकको प्याकेटमा गाँजा बरामद भएको थियो । 


गाँजासहितको ट्रक आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button