२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

अस्ट्रेलिया बस्ने नेपालीहरूद्वारा बाढी प्रभावितलाई सहयोग

देवराज सुवेदी २०७८ साउन १८ गते १८:४२

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ स्थायी घर भई हाल अस्ट्रेलियामा रहेका देवराज दुलालको सक्रियतामा सङ्कलित रकम प्रभावितहरूलाई हस्तान्तरण गरिएको छ । 


एनआरएनए अस्ट्रेलिया सिड्नी, भिजन फर मोटिभेसन असपाली ग्रुप तथा नेपालीहरूबाट २ लाख ७५ हजार सङ्कलन गरी पठाइएको वितरणमा सहजीकरण गर्नुहुने चूडामणि दुलालले जानकारी दिनुभयो ।


एनआरएनएबाट नगरको राहत कोषमा यसअघि नै जम्मा गरिएको ८५ हजार र आज ५० हजार गरी १ लाख ३५ हजार प्रदान गरिएको छ भने बजार व्यवस्थापन समितिलाई ५० हजार र रेडियो मेलम्चीलाई २० हजार प्रदान गरिएको छ । 


मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई चूडामणि दुलाल र योगप्रसाद दुलालले सहयोग राशिको चेक हस्तान्तरण गर्नुभयो । प्रमुख अर्यालले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।


रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले सहयोग ग्रहण गर्दै रेडियोप्रति सद्भाव राख्ने सबैप्रति आभार प्रकट गर्नुभयो ।


बाँकी रकम घर पूर्ण क्षति भएकालाई प्रदान गरिने वितरण संयोजन गरिरहनुभएका चूडामणि दुलालले जानकारी दिनुभयो । 

सम्बन्धित