तपाईँ सुन्दै हुनुहुन्छः

‘राष्ट्र, राष्ट्रियता र समृद्धिका लागि जुट्नुको विकल्प छैन’

बीरगंज । प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले दलगत स्वार्थ भन्दा माथि उठेर राष्ट्र राष्ट्रियता र समृद्धिका लागि जुट्नुको विकल्प नभएको कुरामा जोड दिनुभएको छ ।  


जिल्ला प्रशासन कार्यालय पर्सामा आज सम्पन्न कर्मचारी, सुरक्षाकर्मी, सञ्चार कर्मीहरूसँग कोभिड १९ ले निम्ताएका समस्या र त्यसका समाधानका लागि आयोजना गरिएको अन्तरक्रियामा प्रदेश प्रमुख अहिराजले राष्ट्रियतालाई मजबुत बनाउन तराई, पहाड र हिमाललाई जोडेर समृद्धिको रेखाङ्कन गर्नुपर्नेमा जोड दिनुभयो । 


उहाँले अहिले देश अभाव, अतिवादको चपेटामा परेको हुँदा नागरिकमा सकारात्मक प्रभाव पार्नका लागि पत्रकारहरूको भूमिका निकै महत्वपूर्ण रहेको कुरामा जोड दिनुभयो । 


पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले पर्सामा कोरोना संक्रमण नियन्त्रणमा स्थानीय प्रशासन, सुरक्षाकर्मी, जनप्रतिनिधिको सामूहिक प्रयासबाट उल्लेख्य सफलता प्राप्त भएको बताउनुभयो । 


कार्यक्रममा पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरूको साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button