तपाईँ सुन्दै हुनुहुन्छः

लामिछानेले काठमाडौँ किङ्स–११ को कप्तानी गर्ने

काठमाडौँ । सन्दीप लामिछानेले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमाडौँ किङ्स–११ को कप्तानी गर्ने भएका छन् ।


काठमाडौँले सोमबार सामाजिक सञ्जालबाट राष्ट्रिय टिमका लेग स्पिनर सन्दीपलाई कप्तानीको जिम्मेवारी दिइएको जनाएको छ ।


सन्दीप यसै सिजनका लागि काठमाडौँमा आबद्ध भएका हुन् । सन्दीप तेस्रो संस्करणमा ललितपुर प्याट्रीयट्समा आबद्ध थिए । चौथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

यस पटक काठमाडौँबाट पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले समेत खेल्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button