तपाईँ सुन्दै हुनुहुन्छः

मुकुट चोरीको आरोपमा पक्राउ परेका एक जना सार्वजनिक

सप्तरी । मुलुककै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरको मुकुट चोरीको आरोपमा पक्राउ परेका एक जनालाई सप्तरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।


सप्तरी सदरमुकाम देखि करिब २० किलो मिटरको दुरीमा रहेको दक्षिण सीमावर्ती क्षेत्रमा पर्ने सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा अवस्थित छ । 


भगवतीको मुकुट चोरीको आरोपमा सप्तरीकै विष्णुपुर गाउँपालिका ५ मझौउ बस्ने लक्ष्मण मण्डलका २३ वर्षीय छोरा राजेश कुमार मण्डललाई सप्तरी प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेका मण्डलको मानसिक अवस्था सुस्त रहेको अनुसन्धानको क्रममा देखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button