तपाईँ सुन्दै हुनुहुन्छः

दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६  र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ पारित गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पारित गरियोस् भनी प्रस्तुत गर्नु भएको उक्त दुई विधेयक सभाको सर्वसम्मतिले पारित गरेको हो । 

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो ।  

राष्ट्रिय सभाको आजको बैठकले पूर्व सांसद अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

नेपाली काँग्रेसको तर्फबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य सिंहको ९० वर्षको उमेरमा यहि साउन १५ गते शुक्रवार निधन भएको थियो । 

राष्ट्रिय सभाको अर्को बैठक २० गते बुधवार दिउसो १ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button