तपाईँ सुन्दै हुनुहुन्छः

धामीका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारलाई निर्देशन

काठमाडौँ । कानुन, न्याय तथा मानवअधिकार समितिले दार्चुलास्थित महाकाली नदीमा भारतीय पक्षले तुइन काटेका कारण नेपाली नागरिक जयसिंह धामीको मृत्यु भएको विषयमा समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 


समितिको सिंहदरबारमा आज बसेको बैठकले मृतक धामीको परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन गृह मन्त्रालय मार्फत सरकारलाई निर्देशन समेत दिएको छ । 


समितिले आजै राष्ट्रिय मानव अधिकार आयोगसँग आयोगको काम कारबाही र सिफारिस कार्यान्वयनको अवस्थाबारे छलफल गरेको छ । 
छलफलमा आयोगका पदाधिकारीहरूले आयोगले गरेका सिफारिस कार्यान्वयन, संस्थागत स्वायत्तता र पहुँच लगायतका चुनौती रहेको बताउनुभयो ।


आयोगका अध्यक्ष तप बहादुर मगरले आयोगका सिफारिस १३ प्रतिसतमात्र कार्यान्वयन हुनुले पनि आयोगको चुनौती प्रस्ट पारेको बताउनुभयो ।


सांसदहरुले लोकतन्त्र र मानवअधिकारको रक्षा महत्त्वपूर्ण विषय भएकाले मानवअधिकारका सबै खालका मुद्दाहरू प्रभावकारी ढङ्गबाट किनारा लगाउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button