तपाईँ सुन्दै हुनुहुन्छः

मनाङका बाढीपीडितलाई राहत वितरण

मनाङ । पूर्व मन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले मनाङका बाढीपीडितलाई रु ३० लाख बराबरको राहत उपलब्ध गराउनुभएको छ ।

उहाँहरूले मनाङका प्रत्येक घरलाई दाल, चामल, तेल, नुनलगायतका खाद्य सामग्री राहतस्वरुप उपलब्ध गराउनुभएको हो । उहाँहरूले मनाङका चारवटै गाउँपालिकाका लागि राहत वितरण गर्नुभएको हो । उहाँहरूले ४१ हजार केजी खाद्यान्न नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङ पु¥याउनुभएको थियो ।

खराब मौसमका कारण खाद्यान्न पु¥याउन नसकिएका बाँकी ठाउँमा मौसममा सुधार आउने बित्तिकै ढुवानी गरिने पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङले बताउनुभयो ।

त्यसका लागि राहत वितरण टोलीका सदस्यलगायत हेलिकप्टर र चालक दलका सदस्य लमजुङको बेँसी शहरमै बसेको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

मौसम सफा भएमा आज बिहानै निस्याङको मनाङ, नार्पाभूमि गाउँपालिकाका लागिसमेत गरी कूल ११ उडान भर्ने तयारी गरिएको नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो ।

हेलिकप्टर लमजुङको बेँसीशहरमा राखिएको र मौसम सफा हुनेबित्तिकी मनाङका विभिन्न गाउँपालिकामा खाद्यान्न पु¥याउने गरिएको उहाँले बताउनुभयो । पिसाङका स्थानीय राम गुरुङले राहत सामग्री बुझ्दै जोखिम लिएर हामलाई राहत उपलब्ध गराएकाले आफूलाई अभिभावक नै पाएको अनुभूति भएको बताउनुभयो ।

त्यसै गरी नासोँ गाउँपालिका उपाध्यक्ष कमलमाया गुरुङले सबै पालिका बगाएको र गाउँपालिकाको सबै काम अन्य जिल्लाबाट सञ्चालन गर्नुपरेको अवस्थामा राहत आउँदा खुसी लागेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button