२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

रेडियो नेपाल २०७८ साउन १८ गते १३:११

काठमाडौँ ।नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

पार्टी कार्यालय पेरिस डाँडामा आज दिउसो तीन बजे बस्ने भनिएको बैठक नेताहरूको कार्य व्यस्तताको कारण स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

माओवादी केन्द्रको आजको स्थायी कमिटी बैठकमा पार्टीका तर्फबाट सरकारमा जाने मन्त्री छनोटका विषयमा केन्द्रित हुने चर्चा थियो ।

सम्बन्धित