तपाईँ सुन्दै हुनुहुन्छः

मेचीनगरमा ६८ किसान तथा संस्थालाई नगरपालिकाद्वारा कृषि यन्त्र वितरण

भद्रपुर, झापा । झापाको मेचीनगर नगरपालिकाले कृषि पेशामा आबद्ध ६८ किसान तथा कृषकसँग सम्बन्धित संस्थालाई विभिन्न कृषि यन्त्र तथा उपकरण वितरण गरेको छ ।

नगरपालिकाले आज सोमबार एक संक्षिप्त कार्यक्रमका बिच विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीलाई कृषि यन्त्र तथा उपकरण हस्तान्तरण गरेको हो ।

नगरप्रमुख विमल आचार्यले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै किसानलाई आधुनिक कृषियन्त्रवितरण गरिएको बताउनु भयो ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि यन्त्र तथा औजारमा ४० लाख ५२ हजार ८ सय रुपैयाँ खर्च गरेको छ । यो आ. व. ०७७/०७८ कै कार्यक्रम हो ।नगरपालिकाले हाते ट्याक्टर २७, कुटि काट्ने मेसिन ४७, मकै गोड्ने मेसिन ६ , व्हील व्यारो १२ तथा धान काट्ने मेसिन र साइलेज कटर एक/ एकवटा वितरण गरेको आर्थिक विकास शाखाका प्रमुख दिपेन्द्र कार्कीले बताउनु भयो ।

नगरप्रमुख विमल आचार्य तथा उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा कृषि यन्त्र तथा उपकरणहरू हस्तान्तरण वितरण गर्नुभएको थियो

प्रतिक्रिया राख्नुहोस्

Back to top button