तपाईँ सुन्दै हुनुहुन्छः

धुलिखेलका कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा बिउँ वितरण

काभ्रेपलान्चोक । धुलिखेल नगरपालिकाले कृषकलाई अनुदानमा मिनिटिलर, कृषि औजार सहित सिजन अनुसारको बिउँ वितरण गरेको छ । नगरपालिकाले वडा नंं.११ को कल्छे वेशि स्थित सिद्धबाबा कृषि सहकारीका कृषकहरूलाई उपकरण तथा बिउँ वितरण गरेको हो ।

आर्थिक बर्ष २०७७/७८ को कार्यक्रमअनुसार आइतबार आयोजित एक कार्यक्रममा नगरपालिकाले कृषकहरुलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । नगरपालिकाको तरकारी पकेट क्षेत्र अन्तर्गतको ५० प्रतिशत अनुदानमा सो सामाग्री वडा अध्यक्ष बिष्णु धितालले बताउनुभयो । तरकारी पकेट क्षेत्र अन्तर्गतका ६५ जना किसानहरूलाई कृषि सामाग्री तथा सिजन अनुसारका बिउँ वितरण गरेको अध्यक्ष धितालले बताउनुभयो ।
कृषक समूह/सहकारीमार्फतका ६ जना किसनलाई मिनिटिलर (ट्रयाक्टर) वितरण गरिएको हो । साथै १० जना किसनलाई इलेक्ट्रिक पम्प र ५० जना किसनलाई सिजन अनुसारका बिउँ वितरण गरेको हो ।

कृषि क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकतामा राख्दै कृषिसम्बन्धी कार्यक्रमहरू अघि बढाएको अध्यक्ष धितालले बताउनुभयो । नगरपालिकामा जनप्रतिनिधि आए लगत्तै कृषि नीति तयार पारिएको र विभिन्न वडामा पकेट क्षेत्रहरू बनाएर कृषि उत्पादनलाई जोड दिँदै आएको अध्यक्ष धितालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button