२०७८ साल असोज ४ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

चोरी भएको छिन्नमस्ताको मुकुट सहित एक पक्राउ

उत्सव आचार्य २०७८ साउन १८ गते १०:१६

सप्तरी। सप्तरीको छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको मन्दिरबाट भगवतीको मुकुट चोरी गर्ने युवक चाँदीको मुकुट सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ५ मझाउ टोलका राजेश कुमार मण्डल रहेका छन् ।

आइतबार साँझ करिब सवा ७ बजेतिर पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको थियो । भगवतीको चाँदीको मुकुट चोरी भएपछि व्यापक प्रहरी परिचालन समेत गरिएको थियो ।खोजतलास गर्ने क्रममा गाउँमा लुकेर बसेको अवस्थामा चोरी गरेको ७ सय ५० ग्राम २ आना चाँदीको मुकुट, २ आना सुनको नथिया र ३ आना सुनको टीकासहित मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले बताउनुभयो ।

उहाँका अनुसार मुकुट चोरी गर्ने मण्डलको मानसिक अवस्था सुस्त छ ।

सम्बन्धित