तपाईँ सुन्दै हुनुहुन्छः

गरगहनाको भुक्तानी अब डिजिटल प्रणाली मार्फत हुनसक्ने

file photo

काठमाडौँ । सुनचाँदी व्यवसायीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विक्री गर्ने गरगहनाको भुक्तानी अब डिजिटल प्रणाली मार्फत हुनसक्ने छ ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र गेटवे पेमेन्ट नेपालबिच आइतबार डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ । 


दुई संस्थाबिच भएको सम्झौता पश्चात् सुनचाँदी व्यवसायीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणाली मार्फत लिन सक्नेछन् । 


यो सम्झौता पश्चात् अव सुनचाँदीका गरगहनाको खरिद पश्चात् अनलाइन बैङ्किङ, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, वालेट एवं डोमेस्टिक तथा इन्टरनेशनल कार्डहरू मार्फत रकम भुक्तानी गर्न थप सहज हुने महासङ्घले जनाएको छ । 


सम्झौताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा गरगहनाको विक्री गरी त्यसको भुक्तानी डिजिटल प्रणाली मार्फत सहजै गर्न सकिने भएकोले यो प्रणाली व्यवसायी एवं उपभोक्ता दुवै पक्षका लागि लाभदायी हुन सक्ने महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button