तपाईँ सुन्दै हुनुहुन्छः

एमालेद्वारा साउन २४ गते केन्द्रिय कमिटी बैठक आव्हान

file photo

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकले साउन २४ गते केन्द्रिय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । 

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आज बसेको बैठकले भदौ २७ र २८ गते आव्हान गरिएको विधान महाधिवेशनको तयारीका लागि तथा पार्टी सङ्गठनका विविध विषयमा छलफल गर्न केन्द्रिय कमिटीको बैठक बोलाइएको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । 

यस्तै बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समय सीमा समेत तोकेको छ । 

देशभरका वडा तहमा असोज ३ गतेसम्म र पालिका तहमा असोज ९ गतेसम्म अधिवेशन गरिसक्ने निर्णय भएको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । 

एमाले स्थायी कमिटी बैठक भोलि पुन बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button