तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप ३३ सङ्क्रमित निको

पाल्पा । पाल्पामा आज थप ३३ जना कोरोना सङ्क्रमित निको भएका छन् । 


निको हुनेमा १७ जना महिला र १६ जना पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । आजै पिसिआर परीक्षणमा ३ र एन्टिजिनमा ९ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । 


जिल्लामा हाल ४ सय १२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा कोरोनाको सक्रिय सङ्क्रमित बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


पाल्पामा हालसम्म कोरोनाका कारण १ सय २५ जनाको निधन भइसकेको छ । आज थप एक जनाको निधन भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जनाकारी दिनुभयो ।


पाल्पामा कुल कोरोना परीक्षण पश्चात् संक्रमण देखिएको सङ्ख्या ८ हजार ३ सय ६९ पुगेको छ भने निको हुनेको सङ्ख्या ७ हजार ८ सय ४६ पुगेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button