तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा ६३ करोड बढी बजेट फ्रिज

बागलुङ । बागलुङमा विकास निर्माणका लागि विभिन्न शीर्षकमा आएको ६३ करोड बढी बजेट फ्रिज भएको छ । 


कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार बागलुङका विभिन्न कार्यालय र स्थानीय तहमा विकास बजेटको रुपमा विनियोजन भएको ६३ करोड ३१ लाख ४५ हजार सात सय ८१ रुपैयाँ फ्रिज भएको हो ।


आर्थिक वर्ष २०७७/०७८ का लागि जिल्लामा आएको पुँजीगत बजेटमा काम हुन नसकेपछि उक्त रकम फ्रिज भएको हो । गत आर्थिक वर्षमा बागलुङ जिल्लाका लागि सङ्घीय सरकार मातहतका कार्यालयले कार्यसम्पादन गर्ने गरी एक अर्ब ७२ करोड एक लाख ७८ हजार ९ सय ८० रुपैयाँ विनियोजन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button