तपाईँ सुन्दै हुनुहुन्छः

दार्मा गाउँपालिकाले सञ्चालनमा ल्यायो १५ शय्याको कोभिड अस्पताल

सल्यान । जिल्लाका दार्मा गाउँपालिकाले १५ शय्याको कोभिड अस्पताल निमार्ण गरेको छ । 

कोरोना भाइरसकोतेस्रो लहरबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न गाउँपालिकाको वडा न ३ थुम्के सल्लीमा ६० दिनमै अस्पताल निमार्ण गरिएको हो ।

भवन निमार्ण गरेपछि कोरोना महामारी नियन्त्रण, बहिरङ्ग तथा आकस्मिक सेवा प्रवाहमा सहज हुने गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो । 

कोरियन प्रविधिबाट निमार्ण भएको अस्पताल तथा आइसोलेसन भवन निमार्णका लागि कर्णाली प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको उहाँले बताउनुभयो । 

यसअघि जनज्योति माध्यमिक विद्यालयमा आइसोलेसन बनाएको गाउँपालिकाले अब छिट्टै अस्पतालमा आइसोलेसन सञ्चालनमा ल्याउने जनाएको छ । 

कोरोना सङ्क्रमितलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल वा चौरजहारी मिसन अस्पतालमा पठाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष केसीको भनाई छ । 

कोरोनाको तेस्रो लहर आउने सम्भावनासँगै पूर्व तयारी स्वरूप कोभिड अस्पताल निमार्ण गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताउनुभयो । 

कोभिड अस्पताल तथा आइसोलेसन सञ्चालनका लागि गत आर्थिक वर्षमै अक्सिजन कन्सन्टे्रडर लगायतका स्वास्थ्य सामाग्री खरिद गरिएको उहाँले बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button