तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा श्रावण ३२ गतेसम्म निषेधाज्ञा थप

कञ्चनपुर । कञ्चनपुर जिल्लामा श्रावण ३२ गते राती १२ बजे सम्मका लागी निषेधाज्ञा थप गरिएको छ । 

जिल्ला कोभिड व्यवस्थापन समितिले जिल्लामा कोरोनाको नयाँ भेरियन्ट सहितको संक्रमण दरमा कमी आए पनि जोखिम उच्च नै रहेको बताउँदै आज राती १२ गते वाट श्रावण ३२ गते राती १२ बजे सम्मका लागी निषेधाज्ञा थप गर्ने निर्णय गरेको जनाएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक राम प्रसाद पाण्डेले बिहान ६ बजेबाट बेलुका ६ बजे सम्म स्वास्थ्य मापदण्डको पालन हुने गरी बजार व्यवसाय,उद्योग कलकारखानाहरू, सवारीसाधन सञ्चालन गर्न सकिने जनाएको छ । उहाँले मास्क अनिवार्य गरिएको र मास्क विना यात्रा गर्ने जो सुकैलाई पनि कारबाही गरिने जनाउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button