तपाईँ सुन्दै हुनुहुन्छः

१ लाख ६० हजार नगदसहित छ जना जुवाडे पक्राउ

भद्रपुर, झापा । झापाको दमक–८ स्थित पेरुङ्गो होटेलमा प्रहरीले छापामा मारेर छ  जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा होटेल सञ्चालक दमक–७ निवासी ३२ वर्षीय पदम सुब्बा, दमक–५ निवासी २९ वर्षीय कैलाश लिम्बू र ३३ वर्षीय मोहन ढुङ्गाना, दमक–६ का ३८ वर्षीय द्रोणाचार्य कार्की, ५० वर्षीय प्रेम सुब्बा र ५० वर्षीय भीम सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

होटेलको दोस्रो तलामा कोठामा जुवातास खेल भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले शनिबार अपराह्न होटलमा छापा मारेको थियो । 

प्रहरीले छापा मारेर जुवाडेसहित जुवाखालबाट नगद एक लाख ६० हजार, तीन बुक तास र १ सय ५६ तासको पत्ता बरामद गरेको डिएसपी थापाले बताउनुभयो । 

पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button