तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयको आँगन खस्दा काभ्रेमा एक घर पुरियो

काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाको कोलातीभुम्लुमा जनता माध्यामिक विद्यालयको आँगन खस्दा एक घर पुरिएको छ ।

विद्यालयको आँगन खस्दा हरिराम नेपालीको घर पुरेको र विद्यालय पनि उच्च जोखिम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्रान्ति लामाले जानकारी दिनुभयो ।

अहिले हरिरामको परिवारलाई विद्यालय भवनमा सारिएको छ । 

जनता माध्यामिक विद्यालयको १० कोठा रहेको दुई तले भवनको आँगन खस्दा करोडौँ खर्च गरेर निर्माण गरिएको विद्यालय भवन उच्च जोखिममा परेको अध्यक्ष लामाले बताउनुभयो ।

उहाँले विद्यालय भवन जोगाउन छिटोभन्दा छिटो आवश्यक सहयोगको लागि पहल गरिदिन स्थानीय सरकारलाई आग्रह गर्नुभयो । 

उहाँले पहिरोले पुरिएको हरेराम नेपालीको परिवारलाई सुरक्षित बासस्थानको व्यवस्थापनको लागि आवश्यक पहल गर्न स्थानीय सरकारलाई आग्रह समेत गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button