तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक खरिद सम्बन्धी तालिम सुरु

काठमाडौं । रेडियो नेपालका कर्मचारीहरूका लागि सार्वजनिक खरिद सम्बन्धी ५ दिने तालिम आजबाट सुरु भएको छ । 

तालिमको उद्घाटन गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर के.सीले रेडियो नेपालबाट हुने खरिद प्रक्रियालाई पारदर्शी र  मितव्ययी बनाउँदै समयमा नै खरिद प्रक्रिया सम्पन्न गर्न तालिम महत्त्वपूर्ण हुने बताउनुभयो  ।

तालिममा रेडियो नेपाल सञ्चालक समितिका सदस्य र एवं कार्यक्रम महाशाखा प्रमुख टिका भण्डारीले सार्वजनिक खरिद प्रक्रिया व्यवस्थित नहुँदा देखिएको समस्या समाधान गरी खरिद प्रक्रियालाई उन्नत र प्रभावकारी मनाउन तालिम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।  

तालिमका प्रशिक्षक एवं सार्वजनिक खरिद कार्यालयका सहसचिव चक्रवर्ती कण्ठले विभिन्न निकायहरूबाट हुने सार्वजनिक खरिदलाई प्रभावकारी बनाउन यस्ता तालिम हुनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा तालिम शाखाका प्रमुख जनार्दन विष्टले तालिमका विषयवस्तुका बारेमा जानकारी गराउनु भएको थियो । तालिममा रेडियो नेपालमा कार्यरत २१ जना कर्मचारी सहभागी हुनुहुन्छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button