२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीमा पुन : बाढी, चनौटेको रातो पुल बगायो (अपडेट)

देवराज सुवेदी २०७८ साउन १७ गते ९:३६

सिन्धुपाल्चोक ।  शनिवार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीय हस्त पण्डितले दिनुभएको जानकारी अनुसार बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची ७ र ८ पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र बिकल्पको रुपमा रहेको यो पुल बाढीले बगाएको हो । पुल बगाए सँगै अब यो भेगमा सवारी आवतजावत बन्द भएको छ ।

त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल पनि बाढीले बगाएको छ  । नदीको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ ।  रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले आइतबार बिहान १२ः४०मा भवन ढलेर बगाएको  जानकारी दिनु भएको हो । बाढीले १७ भन्दा बढी घर बगाएको प्रहरीले जनाएको छ ।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

http://मेलम्चीमा फेरी आयो बाढी : ढल्यो रेडियो मेलम्चीको भवन, जोखिममा चनौटेको रातो पुल

सम्बन्धित