२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीमा फेरी आयो बाढी : ढल्यो रेडियो मेलम्चीको भवन, जोखिममा चनौटेको रातो पुल

देवराज सुवेदी २०७८ साउन १७ गते ७:१९

मेलम्ची । शनिवार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले आइतबार बिहान १२ः ४०मा भवन ढलेर बगाएको  जानकारी दिनु भयो  ।

यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यति बेला पनि बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन । बाढी घटेपछि वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो ।

शनिबार राती आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताउनुभयो  । राती आएको बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

यसअघि हेलम्बु गाउँपालिका नाकोते खोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिवार राति नै सतर्क हुन अनुरोध गर्नु भएको थियो । खोलाबाट असार १ जतिकै आवाजमा आएको उहाँले बताउनु भएको थियो ।

यसैबीच, हेलम्बुस्थित चनौटेको रातो पुलमाथिबाट अहिले पनि पानी बगिरहेको स्थानीय हस्त पण्डितले जानकारी दिनु भयो  । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा  पनि बगाएको छ ।त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भने नदीको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक का एसपी राजन अधिकारीले जानकारी दिनु भयो

सम्बन्धित