तपाईँ सुन्दै हुनुहुन्छः

होटेलमा खोप भेटिएको घटनाको छानबिन गर्न समिति गठन

झापा । झापाको बिर्तामोडस्थित एक होटेलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।


झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षमा आज बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । 


गठित समितिले घटनाको निष्पक्ष छानबिन गरि सात दिनभित्र प्रतिवेदन बुझाउने छ । 


घटनाको सत्य तथ्य बाहिर नआएसम्म स्वास्थ्य कार्यालय झापाका प्रमुख र बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कोरोना स्रोत व्यक्तिसहित घटनामा संलग्न आरोपीलाई निलम्बन गर्नसमेत विज्ञप्ति माग गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button