तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच भेटवार्ता

file photo

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ ।


बालुवाटारमा आज भएको भेटवार्तामा सरकार विस्तार र देशको समसामयिक विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।


प्रधानमन्त्री देउवाले गत असार २९ गते पद तथा गोपनीयताको शपथ लिनुभएको १९ दिन बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार हुन नसक्दा आलोचना भइरहेको भन्दै अध्यक्ष प्रचण्डले जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्न जोड दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button