तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा ५४ करोडभन्दा बढी रकम फ्रिज

ताप्लेजुङ । आर्थिक वर्ष २०७७/०७८ ताप्लेजुङबाट ५४ करोडभन्दा बढी रकम फ्रिज भएको छ ।  

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार ५४ करोड ४९ लाख ७८ हजार ४ सय ८३ रुपैयाँ फ्रिज भएको हो । 

सबैभन्दा धेरै पुँजीगततर्फ फ्रिज भएको छ । पुँजीगत तर्फ ३१ करोड ८८ लाख ५ हजार ४ सय ६० रुपैयाँ फ्रिज भएको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल दुर्गाप्रसाद थापाका अनुसार चालूतर्फ सङ्घ र प्रदेश गरी कूल २२ करोड ६१ लाख ७३ हजार २४ रुपैयाँ बजेट फ्रिज भएको छ । 

सङ्घीय बजेटको चालुतर्फ ४ अर्ब ८ करोड ९४ लाख ७ हजार ८० रुपैयाँको बजेट रहेकोमा ३ अर्ब ८९ करोड १८ लाख २३ हजार २ सय २५ रुपैयाँ खर्च भएको छ ।   

यस्तै प्रदेशतर्फ ३५ करोड २१ लाख ५७ हजार बजेट रहेकोमा २७ करोड ५१ लाख ७ हजार ८ सय ३१ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button