तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा २० हजारभन्दा बढिले कोरोना विरुद्धको पहिलो खोप लगाए

file photo

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना विरुद्धको पहिलो मात्रको खोप २० हजारभन्दा बढिले लगाएका छन्  । 

जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार भेरोसेल र कोभिडशिल्ड गरी जिल्लामा २० हजार ६४ जनाले खोपको पहिलो मात्रा लगाएका हुन । 

१४ हजार २ सय ४ जनाले कोभिडशिल्ड र ५ हजार ५ सय ६० जनाले भेरोसेल गरी जम्मा २० हजार ६४ जनाले खोपको पहिलो मात्रा लगाएको  जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका अधिकृत हेमराज कठायतले जानकारी दिनुभयो ।  

जिल्लामा हालसम्म ८ हजार १० जनाले कोरोना विरुद्धको दोस्रो मात्रा लगाएका छन् । जसमध्ये २ हजार १ सय ५९ कोभिशिल्ड र ५ हजार ८ सय ५१ जनाले भेरोसेल खोप लगाएका हुन् । 

अब जिल्लामा १३ हजार ६० जनाले दोस्रो डोज लगाउन बाँकी रहेको छ । जस अन्तर्गत १२ हजार ३२ कोभिडशिल्ड र १ हजार २८ जना भेरोसेल खोपको दोस्रो डोजको पर्खाइमा रहेका छन् । 

जिल्लाको फक्ताङ्लुङ् गाउँपालिकाका १८ वर्ष माथिका सबै नागरिकले कोरोना विरुद्धको पहिलो खोप लगाएको  अधिकृत कठायतले बताउनुभयो । 

खोपको केही मात्र बाँकी रहेकोले जिल्लाको नौ पालिकाको विभिन्न खोप केन्द्रमा २२ गते खोप लगाउने तयारी रहेको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button