तपाईँ सुन्दै हुनुहुन्छः

थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण

File photo

काठमाडौँ । कोरोना भाइरसबाट आज थप ३ हजार १ सय ६ जना संक्रमित भएका छन् । 

आज ९ हजार २ सय ८३ नमुनाको पिसिआर परीक्षणबाट २ हजार २ सय ८० जना तथा ४ हजार २ सय ६५ नमुनाको एन्टिजेन परीक्षणबाट ८ सय २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज काठमाडौँमा ५ सय १७ जना, ललितपुरमा १ सय ६४ जना तथा भक्तपुरमा ९४ जना गरी काठमाडौँ उपत्यकामा ७ सय ७५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । 

यस्तै कोरोनाका कारण आज थप २३ जनाको मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कूल सङ्ख्या ९ हजार ८ सय ५७ पुगेको छ । 

यसैगरी आज १ हजार ९ सय १६ जना संक्रमित निको भएका छन् । 

हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ९४ दशमलव १ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button