तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

जाजरकोट । जाजरकोट प्रहरीले ठुलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ । 


प्रहरीले सदरमुकाम खलङ्गाको विभिन्न ठाउँबाट घरेलु मदिरा, मदिरा बनाउन प्रयोग गरिने औषधी र जाँड तथा भाँडाबर्तन बरामद गरिएको छ । 


प्रहरीले शनिबार शङ्कास्पद स्थानहरूमा छापा मार्दा १ हजार ३ सय लिटर जाँड, ५ सय लिटर रक्सी र ९० केजी जाँड बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरिएको प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिनुभयो । 


बरामद गरिएका सबै मदिरा र मदिराजन्य पदार्थ स्थानीयको रोहवरमा नष्ट गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button