तपाईँ सुन्दै हुनुहुन्छः

बारा राईडर्स सङ्घको पहिलो साधारण सभा सम्पन्न

बारा । बारा राईडर्स सङ्घको पहिलो साधारण सभा आज बाराको सिमरामा सम्पन्न भएको छ । 


सभाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष हिराबहादुर गुरुङले उद्घाटन गर्नुभएको थियो । उहाँले बारा राईडर्सको गतिविधिले खेल क्षेत्रको विकासमा ठुलो सहयोग पुगेको बताउनुभयो । 


सबैलाई सङ्गठित गर्दै बारा राईडर्स अघि बढ्नुपर्ने भन्दै उहाँले यसको विकास गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 


साधारण सभाले शेषराज अधिकारीको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा यमनाथ ओझा, महासचिवमा नीराजन थापा, सचिवमा सालिकराम अधिकारी, कोषाध्यक्षमा रामेश्वर बास्कोटा सदस्यहरूमा कृष्ण आचार्य, किशोर श्रेष्ठ, सुदिप रिमाल, राजदास श्रेष्ठ, प्रदीप घिसिङ र लक्ष्मी रिमाल रहेका छन् । 
नयाँ कार्यसमितिको कार्यकाल ३ वर्ष रहने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button