तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवानको अन्तरवार्ता परीक्षा दिन आएका सक्कली र नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । 

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतले आयोजना गरेको प्रहरी जवान (जनपद) पदको अन्तरवार्ता परीक्षामा सहभागी हुन आएका दैलेखको भगवती माई गाउँपालिका–२, बेस्तडाका २२ वर्षीय रोशन शाहीले आफ्नो सट्टामा सोही ठाउँका २३ वर्षीय लोबन शाहीलाई परीक्षा दिलाउन लगाएको पाइएपछि कृते कार्य कार्यमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । 

लिखित परीक्षा उर्तीण गरिसकेका रोशन शाहीले अन्तरवार्तामा शङ्कास्पद कुरा गरेपछि लेख्न लगाउँदा लेख्न नसकेपछि सोधपुछको क्रममा कृते भएको पाइएपछि सक्कली र नक्कली दुबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डिएसपी) रामप्रसाद घर्तीले जानकारी दिनुभयो । 

उहाँका अनुसार रोशन शाहीले आफ्नो सट्टामा लोकसेवा आयोगले लिएको प्रहरी जवान पदको लिखित परीक्षा उर्तीण गराउन लोमन शाहीलाई एक लाख रुपैयाँ दिएर पास भएको समेत खुल्न आएको छ । 

दुवै नक्कली परीक्षार्थीलाई  आवश्यक कारबाहीका लागि थप अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button