२०७८ साल असोज ९ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा १ सय ४३ जना कोरोना सङ्क्रमित थपिए, चार जनाको मृत्यु

शिशिर सिंखडा २०७८ साउन १६ गते १४:४०

चितवन । चितवनमा पछिल्लो २४ घण्टामा १ सय ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

स्वास्थ्य कार्यालय चितवनका अनुसार ८ सय ४७ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा १ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४० जना मात्रै सङ्क्रमणमुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ । 

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २३६ पुगेको छ । जसमध्ये दुई हजार १ सय ६ जना सङ्क्रमित होम आइसोलेसनमा छन् । 

सम्बन्धित