तपाईँ सुन्दै हुनुहुन्छः

आइएसद्वारा मलामी गएका व्यक्तिलाई आक्रमण गरी आठ जनाको हत्या

बग्दाद ।  इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रमण गरेका छन् ।

ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रवार राति उनीहरूले सो आक्रमण गरेका थिए । त्यस क्रममा आइएसले कम्तीमा आठ जनाको हत्या गरेको बताइएको छ ।  

सो आक्रमणमा परेर अरू १० जना नराम्ररी घाइते भएका छन् । बम लागेर घाइते भएका उनीहरूलाई नजिकैको अस्पताल पुर्‍याइएको छ ।

उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए ।

उक्त गाउँको एक सुरक्षा जाँच चौकीमा पनि उनीहरूले हमला गर्दा केही व्यक्ति घाइते भएको पनि बताइएको छ ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button