तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा निषेधाज्ञा थप

सिन्धुपाल्चोक । कोरोना भाइरसको संक्रमणदर बढ्ने जोखिम कायमै रहेको भन्दै सिन्धुपाल्चोक जिल्लामा निषेधाज्ञा लम्बाइएको छ ।


प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा बसेको डिसीएमसीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । 


असार ३१ गतेबाट जारी निषेधाज्ञा साउन २९ गतेसम्मलाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।


चीनसँग सीमा जोडिएको भोटेकोसी र जुगल गाउँपालिकाका १८ बर्ष माथिका सबै नागरिकलाई खोपेको लागि लगाउन दिने अनुमति समेत दिइएको छ । 


स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँ र शिक्षा विकास तथा समन्वय समितिका प्रमुख कृष्ण सुवेदीलाई कोरोनाको कारण बन्द रहेको विद्यालय कसरी सञ्चालन गर्न सकिन्छ? भन्ने विषयमा अध्ययन गरेर १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन समेत बैठकले दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button