तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा आज ४३२ जनामा कोरोना संक्रमण पुष्टि

file photo

मकवानपुर । मकवानपुरमा शुक्रवार (आज) एकै दिन ४३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार १४५ जनाको कोरोना परिक्षण गर्दा ४३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 


स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार एक हजार १५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३६६ जनामा र १३० जनाको पिसिआर विधिबाट परीक्षण गर्दा ६६ जना गरी एकै दिनमा ४३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार २६१ पुगेको छ । आज जिल्लामा ३७ प्रतिशतमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।


यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ६३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम तथा संस्थागत आइसोलेसनमा रहेका ६३ जना कोरोना सङ्क्रमणमुक्त भएका हुन । योसँगै जिल्लामा हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या १२ हजार १ सय पुगेको कार्यालयले जनाएको छ । 


यस्तै पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोनाबाट मृत्यु भएसँगै हालसम्म जिल्लामा मृत्यु हुनेको सङ्ख्या १४२ पुगेको कार्यालयले जनाएको छ । 

भिमफेदी बालगृहका २२ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरको भिमफेदि गाउँपालिका स्थित बालगृहमा रहेको २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 


भीमफेदी–६, स्थित भिमफेदी बालगृहका कर्मचारी र बालबालिकाको शुक्रवार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण देखिएको भिमफेदीका स्वास्थ्य संयोजक रामनाम थिङले जानकारी दिनुभयो । 


बालगृहका २ कर्मचारी र २० बालबालिका गरी २२ जनामा कोरोना पोजेटिभ देखिएको थिङले बताउनुभयो । एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएका कर्मचारी र बालबालिकाहरूलाई अहिले छुट्टै ठाउँमा राखिएको जनाइएको छ । 


हिजो मात्र भिमफेदी–६ मा रहेको भिमफेदी कारागारका ३५५ कैदी बन्दीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button