तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीयको बिरोध पछि थलीको प्लाष्टिक उद्योग बन्द

स्थानीयहरू बिरोध गर्दै

काठमाडौँ । स्थानीयको चर्को बिरोध पछि कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ थलीस्थित बीच बस्तीमा निर्माण भएको पशुपति रिसाइकल उद्योग नामक प्लाष्टिक उद्योग बन्द हुने भएको छ ।

शुक्रवार नगरपालिकाको न्यायिक समितिमा छलफल हुँदा बस्तीको बीचमा उद्योग स्थापना भएको, स्थानीयको सहमति नभएको, वातावरण मूल्याङ्कन समेत नगरेको र वडाले समेत सहमति नदिएकोले उद्योग सञ्चालन गर्न अनुमति दिन नसकिने र उद्योग बन्द गर्न आदेश भएको नगरपालिकाले जनाएको छ ।

स्थानीयहरू बिरोध गर्दै

आज न्यायिक समितिमा छलफल भइरहँदा बाहिर करिब २ सय जना जति स्थानीयहरू प्लेकार्ड सहित नाराबाजी गरिरहेका थिए । उनीहरू न्यायिक समितिले जनताको पक्षमा फैसला गर्नेमा ढुक्क थिए यदि जनताको पक्षमा फैसला नगरेमा नसहने र विकल्प खोजिने समेत स्थानीयहरु बताउँदै थिए ।

झन्डै बर्षदिन अगाडि सामान स्टोर गर्न गोदाम घरको रुपमा भनी निर्माण भएको र पछि त्यो गोदाम घर नभई प्लाष्टिक उद्योग भएको थाहा भएको र त्यसले जनस्वास्थ्य र वातावरणमा नकारात्मक असर पर्ने हुँदा उद्योग बन्द गराउन वडामा निवेदन दिएको एक स्थानीयले बताए । 

उद्योग र वरिपरि बस्तीहरू

उद्योगको वरिपरि आवास क्षेत्र, अस्पताल, खेतीयोग्य जमिन, सामुदायिक बन, विद्यालय र महिला आधारशिला रहेको स्थानीयहरूले बताए । हामीले पहिले नै उद्योग बन्द गर्न वडा, पालिका र वातावरण मन्त्रालयमा समेत निवेदन दिएका थियौ ढिलै भए पनि न्यायिक समितिले जनताको पक्षमा फैसला गरेको स्थानीयको भनाई छ र जनप्रतिनिधिलाई धन्यवाद समेत दिए ।

न्यायिक समितिको आदेश

उद्योगको १५ मिटर नजिकै महिला आधारशिला रहेको छ त्यहाँ ७० जना छोरीहरू बसोबास गर्दै आएका छन् त्यस्तो ठाउँमा प्लाष्टिक उद्योग स्थापना हुँदा उनीहरूको स्वास्थ्यमा कस्तो असर गर्छ त्यस कारण उद्योग स्थापना हुन नसक्ने धारणा राख्दै आउनु भएकी स्थानीय गीता न्यौपाने न्यायिक समितिको निर्णय पछि खुशी हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

थलीमा बस्तीको बीचमा प्लास्टिक उद्योग सञ्चालनमा, स्थानीयद्वारा बन्द गर्न माग

प्रतिक्रिया राख्नुहोस्

Back to top button