तपाईँ सुन्दै हुनुहुन्छः

तीन जलविद्युत कम्पनीलाई आइपिओ निष्कासन गर्न अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले तीन जलविद्युत कम्पनीलाई प्राथमिक शेयर (आइपिओ निष्कासन गर्न अनुमति दिएको छ । 


बोर्डले न्यादी हाइड्रोपावर कम्पनी, सहाज ऊर्जा र बुद्धभूमि नेपाल हाइड्रोपावरलाई गरी ५ अर्ब ४० करोड रुपैयाँ बराबरका ५ करोड ४० लाख कित्ता प्राथमिक शेयर निष्कासन गर्न अनुमति दिएको हो ।


बोर्डले २ वटा हाइड्रोपावर कम्पनीलाई साउन १४ गते बिहीबार र एक कम्पनीलाई साउन ११ गते सोमवार आइपिओ निष्कासनको अनुमति प्रदान गरेको नेपाल धितोपत्र बोर्डका सह प्रवक्ता रुपेश केसीले जानकारी दिनुभयो ।


न्यादी हाइड्रोपावरलाई आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणको लागि जारी पुँजीको २७ प्रतिशत, ४० करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।


साहस ऊर्जा लिमिटेडलाई पनि बोर्डले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर निष्कासनको लागि अनुमति दिएको हो ।
यस्तै बुद्धभूमि नेपाल हाइड्रोपावरलाई पनि आयोजना प्रभावित स्थानीय बासिन्दा र अन्यलाई गरी कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति दिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button