तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक सुरक्षा नभएसम्म सञ्चारकर्मी स्वतन्त्र नहुने : पूर्व मन्त्री बाँस्कोटा

काभ्रेपलान्चोक । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको आर्थिक र भौतिक सुरक्षा हुनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल काभ्रे शाखाले आयोजना गरेको सदस्यता वितरण तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व मन्त्री बाँस्कोटाले सञ्चारकर्मीहरूको आर्थिक सुरक्षा नभएसम्म सञ्चारकर्मी स्वतन्त्र नहुने बताउनुभयो ।

May be an image of 2 people, people sitting, people standing and indoor

उहाँले नेपाली सञ्चारकर्मीलाई आर्थिक र भौतिक सुरक्षाको आवश्यकता रहेको औँल्याउनुहुँदै पत्रकारहरूको श्रमको सुरक्षा र सम्मान हुनुपर्ने बताउनुभयो ।

उहाँले कोरोना सङ्क्रमणकालमा ‘मूलधारका सञ्चारमाध्यम’ ले पनि बिना पैसा काम लगाएको र कामको पारिश्रमिक नदिई रोजगारीबाट समेत हटाइएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “श्रम मारा मिडियाका कारण सञ्चारकर्मीको आर्थिक सुरक्षा भएको छैन, मन नपर्दा उसको ज्ञान र क्षमताको श्रममाथि चुप्पी चलाउने अधिकार दिनुहुन्न ।”

May be an image of 2 people, people standing and indoor

पूर्व मन्त्री बाँस्कोटाले नेपालको पत्रकारितामा सौदावाजी मौलाइरहेको भन्नुहुँदै यसलाई रोक्न नसके पत्रकारिताको मर्म नै हराउँदै जाने बताउनुभयो । उहाँले नेता र मन्त्रीको चाकरी गरेर मात्र व्यावसायिक पत्रकारिता नफस्टाउने बताउनुभयो ।

अन्तर्क्रिया कार्यक्रममा प्रेस चौतारी नेपालले नयाँ सदस्यता वितरण गरेको छ । जिल्लामा कार्यरत ६५ जना नयाँ तथा पुराना सदस्यहरूलाई सदस्यता वितरण गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button