तपाईँ सुन्दै हुनुहुन्छः

२० करोडको लगानीमा एकल गाई फार्म सञ्चालन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीमा करिब २० करोडको लगानीमा एकल गाई फार्म सञ्चालन गरिएको छ । 


स्थानीयवासी अप्सरा सिलवालले ‘कामधेनु गौशाला प्राली’ नामक कम्पनी दर्ता गरेर व्यावसायिक गाईपालन सुरु गर्नुभएको हो ।


सुरुमा २ गाई पालेर गाईपालन सुरु गर्नुभएकी सिलवालले अहिले १५० गाई पाल्नुभएको छ । सुरुमा १० लाख लगानी गर्नुभएकी सिलवालले अहिले १८ बिघा जमिनमा घाँस लगाउनुभएको छ । 


फार्ममा हाल बिहान बेलुकी गरी दैनिक ७०० लिटर दूध उत्पादन हुने फार्ममा हाल २० करोडको लगानी भएको सञ्चालक सिलवालले जानकारी दिनुभयो । 


अहिले दूधबाट मासिक करिब १० लाख ५० हजार रकम सङ्कलन हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button