तपाईँ सुन्दै हुनुहुन्छः

थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

File photo

काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट ३ हजार ६ सय ११ जना संक्रमित भएका छन् । 


९ हजार ७ सय ८३ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ४ सय ६७ जना तथा ४ हजार ८ सय ७८ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ हजार १ सय ४४ जना गरी जम्मा ३ हजार ६ सय ११ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


देशभरबाट गएको २४ घण्टामा १ हजार ८ सय १६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ६ लाख ५२ हजार २ सय ६१ जना निको भएको मन्त्रालयले जनाएको छ ।

  
आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९४ दशमलव १ प्रतिशत रहेको छ । 


देशभरि आज कोरोना सङ्क्रमणबाट २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ८ सय ३४ पुगेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button