तपाईँ सुन्दै हुनुहुन्छः

क्रियाशील सदस्यतासम्बन्धी विवादका विषयमा काँग्रेसका शीर्ष नेताहरुबीच छलफल

फाइल तस्बिर

काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशील सदस्यहरूका सम्बन्धमा देखिएको विवादको विषयमा शीर्ष नेताहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाले क्रियाशील सदस्यको विवाद समाधान गर्न गठन गरिएको केन्द्रिय सदस्य रमेश लेखक संयोजक रहनुभएको समितिका सदस्यहरूसँग सभापति देउवाको निजी निवास बुढानिकण्ठमा लामो छलफल गर्नु भएको छ ।

पदाधिकारी बैठकमार्फत ५ दिनभित्र  समाधान निकाल्ने जिम्मा शीर्ष नेताहरूलाई दिएपछि नेताहरू छलफलमा जुटे पनि अझै सहमति नजुटेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button