तपाईँ सुन्दै हुनुहुन्छः

संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पहल गरिने : प्रदेश प्रमुख गुरुङ

चितवन । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पदभार ग्रहण अघि गृहजिल्ला चितवन आउनुभएका उहाँले आज पत्रकारसँगको कुराकानीमा संविधान बाहिर गएर कुनै पनि काम नगर्ने बताउनुभएको हो ।

प्रदेश प्रमुख गुरुङले भन्नुभयो, “सरकारले मलाई राजनीतिक निष्ठाका कारण दिएको जिम्मेवारीमा आँच नआउने गरी काम गर्ने र पदमा रहुञ्जेल राजनीतिक दलमा निष्क्रिय रहेर प्रदेशको विकासमा लाग्छु ।” फरक प्रसङ्गमा उहाँले पार्टीको १४ औँ महाधिवेशनमा कुनै पदका लागि पनि उम्मेदवारी नदिने पनि घोषणा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button