तपाईँ सुन्दै हुनुहुन्छः

वातावरण र पर्यावरण जोगाउन टिकौलीमा वृक्षारोपण

चितवन । गैर सरकारी संस्था रोटरी क्लब अफ चितवनले  पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौलीमा वृक्षारोपण  कार्यक्रम गरेको छ ।

वातावरण र पर्यावरण जोगाउन मदत पुगोस् भन्ने उद्देश्यले क्लबले सो क्षेत्रको साँढे दुई किलोमिटर दुरीमा ६ सय वटा राजवृक्षको वृक्षारोपण गरेको हो । 

वृक्षारोपण गर्नु पूर्व रोटरीले आयोजना गरेको औपचारिक कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि डिभिजन वन कार्यालय चितवनका प्रमुख पदम राज नेपालले यस्ता वृक्षारोपण कार्यालयले पर्यावरण जोगाउन र वातावरण सन्तुलन गर्न सहयोग पुग्ने बताउनुभयो । 

पछिल्लो समय जलवायु परिवर्तनले चुनौती दिएको भन्नुहुँदै उहाँले रोटरीले गरेको वातावरण संरक्षणप्रतिको कार्यको सह्राना व्यक्त गर्नुभयो । 

सो अवसरमा बोल्नुहुँदै क्लबका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जन्माउने दायित्व मात्र नभई हुर्काउने दायित्व पनि रोटरीको हुने बताउनुभयो । 

उहाँले वृक्षारोपण गरेर चितवन रोटरीले पर्यावरणको लागि उत्कृष्ट र नमुनायोग्य काम गरेर देखाउने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो । 

रोटरी इन्टरनेशनल जोन ३० का एसिस्टेण्ड गभर्नर नारायण प्रधानले वृक्षारोपणभन्दा पनि बिरुवाको संरक्षण गर्नु मुख्य कुरा भएको बताउनुभयो । 

उहाँले वृक्षारोपण मात्र नभई उसलाई हुर्काउने बढाउने जिम्मा पनि रोटरीको हुनुपर्ने भन्दै यसले रोटरीलाई चिनाउन मदत पुग्ने बताउनुभयो ।

रोट्याक्ट क्लब अफ चितवनका अध्यक्ष सौगात अर्यालले आज परेको मित्रता दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो । 

रोटरी क्लब अफ चितवनका सदस्य ओम गौचनको संयोजकत्वमा भएको कार्यक्रममा टिकौली स्थित राजमार्ग छेउमा ६ सय बिरुवा रोपिएको हो  । 

कार्यक्रममा क्लबका सदस्य, रोट्रक्याक्ट क्लब अफ चितवन, स्पाउज क्लब अफआरसी चितवनका सदस्य लगायतको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button