तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा नक्कली सुन बिक्री गर्न खोज्ने ७ जना पक्राउ

पोखरा । पोखरामा नक्कली सुन बिक्री गर्न खोज्ने ७ जनाको गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।पोखरा महानगरपालिका वडा नं ८ सृजनाचोक स्थित पर्वत सुनचाँदी पसलमा कालीगढको रूपमा काम गर्ने भुवन बि.क.समेतका मानिसहरूले सुन भनी धातु बोकी ठगी गर्न हिँडी रहेका छन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले खोज अनुसन्धान गरेको थियो । नक्कली धातु र ८ थान मोबाइलसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

सुन भनेर सुन जस्तो धातु देखाएर बिक्री गरी मानिसलाई ठगी गर्न खोजेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले बताउनु भएको छ ।

पक्राउ पर्नेमा म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका (३ राखु स्थायी घर भई हाल पोखरा (२ मिरुवा बस्ने ४२ वर्षीया बिमला दमाई, रुपन्देही जिल्ला देवदह नगरपालिका (५ नमुना टोल स्थायी घर भई हाल पोखरा (६ फिर्के बस्ने ३५ वर्षीय विशाल थापा मगर, कास्की अन्नपूर्ण गाउँपालिका (३ पाउदुर स्थायी घर भई हाल पोखरा (३ मिरुवा बस्ने ४४ वर्षीय गणेश बहादुर दर्जी, रामेछाप जिल्ला सुकाजोर नगरपालिका (७ वृता स्थायी घर भई हाल पोखरा (१० रामबजार बस्ने २३ वर्षीय अनिल भुजेल, सर्लाही जिल्ला बागमती नगरपालिका (१ डापडाँडा स्थायी घर भई हाल पोखरा (१० रामबजार बस्ने ४२ वर्षीय इन्द्र बहादुर बलम पाकी, चितवन जिल्ला टाँडी नगरपालिका (२ स्थायी घर भई हाल पोखरा (८ सृजनाचोक बस्ने ३४ वर्षीय भुवन बिक र चितवन जिल्ला राप्ती नगरपालिका (९ स्थायी घर भई हाल पोखरा (१० रामबजार कृष्ण मन्दिर बस्ने ३५ वर्षीय प्रकाश परियार रहेका छन् ।

प्रहरीले बरामद गरेको उक्त धातुलाई परीक्षणका लागि सुनचाँदी व्यवसायी सङ्घ कास्कीमा पठाउँदा उक्त धातु सुन नभएको पुष्टि भएको हमालले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button