तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोले डडेलधुराका ग्रामीण सडक अवरुद्ध

डडेलधुरा  । निरन्तर रुपमा परिरहेको वर्षाका कारण आएको बाढी पहिरोले डडेलधुराका अधिकांश गामणि सडक अवरुद्ध भएका छन् ।   

सडक अवरुद्ध भएपछि स्थानीयलाई हिँडडुल गर्न निकै कठिनाइ भइरहेको छ । 

जिल्लाको भागेश्वर गाउँपालिका सडक खण्ड एक सातादेखि परेको पहिरोका कारण सडक अवरुद्ध भएको छ । 

सडकमा पहिरो गएपछि बगरकोटदेखि रूपाल र रूपालदेखि बगरकोट आवतजावत बन्द भएको छ । 

गाउँमा कोही बिरामी हुँदा समेत बोकेर ल्याउनु पर्ने अवस्था सिर्जना भएको भागेश्वर गाउँपालिका–५ का स्थानीय राजबहादुर महताले जानकारी दिनुभयो । 

उहाँले सडकमा पहिरो गएको सात दिन भइसक्दा समेत पहिरो हटाउन कसैले पहल नगरेकोमा गुनासो गर्नुभयो । 

भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाले गाउँपालिकासँग सानो जेसीबी भएको र पहिरो ठूलो गएकोले हटाउन समस्या भएको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button